१. परिचयः
नेपाली समाजको वैज्ञानिक विकासको क्रममा भौतिक विज्ञान (physical science) को संस्थागत योगदानलाई प्रवर्धन गर्ने उद्धेश्य राखी स्थापना भएको विज्ञान, प्रविधि तथा वातावरण मंत्रालयको विज्ञान तथा सूचना–प्रविधि प्रवर्धन महाशाखा अन्तर्गतको तीन शाखाहरुमध्ये एक शाखाको रुपमा स्थापना भएको ।
२.उद्धेश्यः
समाज विकासमा भौतिक–विज्ञान (physical science) को योगदानको संभावनालाई पहिचान गरी सरकारी, अर्ध–सरकारी तथा निजि क्षेत्रमा भईरहेका अनुसंधान प्रयासहरुलाई टेवा दिई तथा नयाँ अनुसंधानका क्षेत्रहरुमा यस्ता निकायरसंस्थाहरुको संलग्नता गराई वैज्ञानिक अनुसंधान कार्यहरुको स्तरोरन्नति गर्ने ।
३. संगठन संरचना
विल्डिङ्ग एण्ड आर्किटेक्ट १
ईन्जिनियरिङ जियोलोजिष्ट १
सहायक वन अधिकृत १
खरिदार १
४. वार्षिक कार्र्यक्रम, बजेट र तत्काल संचालनमा रहेका कार्यहरुः
|
सि.न. |
वार्षिक कार्यक्रम |
वार्षिक वजेट |
|
१ |
International Atomic Energy Agency संग सम्वन्धित कार्यक्रमहरु संचालन गर्नेः क) IAEA को प्राविधिक सहयोगमा गैर–सामरिक क्षेत्रमा Nuclear Technology को प्रयोग गरी वालीरपशु को नस्ल सुधार, स्वास्थ्यपोचार आदि क्षेत्रमा अनुसंधानात्मक कार्यक्रमहरु संचालन गर्ने । ख) IAEA को प्राविधिक सहयोगमा Nuclear Technology को उपादेयता सम्वन्धी राष्ट्रिय र क्षेत्रीय गोष्ठिहरु संचालन गर्ने । |
रु.५,००,००० |
|
२ |
National Nuclear Technology Centre को स्थापना र National Space Technology सम्वन्धी क्षमता अभिवृद्धि कार्यहरु गर्ने । |
रु.४,५०,००० |
|
३ |
National Nuclear, Bio तथा Space Technology केन्द्रहरुको स्थापनार्थ भएको अध्ययनहरु माथि आवश्यक छलफल गोष्ठिहरु गर्ने । |
रु.५,००,००० |
|
४ |
विज्ञान तथा प्रविधि परिषद् सम्वन्धी आवश्यक कार्यहरु गर्ने । |
|
५. नीतिगत निर्णयहरुः
क) विकास कार्यहरुमा Nuclear Technology को सदुपयोग गर्ने नीति लिएर इ.स. २००८ देखि नेपाल संयुक्त राष्ट्र संघको आण्विक निकाय, International Atomic Energy Agency, को सदश्य भएको ।
ख) विकास कार्यहरुमा वैज्ञानिक प्रविधिहरुको प्रयोगका साथसाथै वातावरणको संरक्षणको आवश्यकतालाई मनन गरी नेपाल सरकारले विज्ञान तथा प्रविधि मंत्रालय र वातावरण मंत्रालयलाई गाभी २०६९ मा विज्ञान, प्रविधि तथा वातावरण मंत्रालय स्थापना गरेको ।
६. प्रकाशनः
क) राष्ट्रिय विज्ञान प्रविधि नीति २०६१
ख) राष्ट्रिय जैविक प्रविधि नीति २०६३
ग) राष्ट्रिय परमाणु नीति २०६४
घ) मंत्रालयद्वारा सम्पादित वार्षिक कार्यक्रमहरुको परिचयात्मक पुस्तिका २०६६
ङ) विेभिन्न अप्रकासित अनुसन्धानमुलक प्रतिवेदनहरु
Click here for document... ...
Click here for document... ...
Integrating Climate Change Concepts into the Sc...
Click here for document ...
डकुमेन्टको लागि यहां क्लीक गर्नुहोस् ...