परिचयः
यस वातावरण मूल्यांकन शाखाले वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ ले निर्दिष्ट गरे अनुसार यस मन्त्रालयमा स्वीकृतिका लागि प्राप्त हुने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा सो को लागि तयार गरिने क्षेत्र निर्धारण र कार्यसूची माथि कारबाही गरी स्वीकृति सम्बन्धी कार्यहरू गर्नुका साथै वातावरणीय परिक्षण कार्य समेत गर्दछ ।
उद्देश्य:
१. विकास निर्माणका कार्यहरूले वातावरणमा पार्ने प्रभावहरूको पूर्वानुमान सहित विश्लेषण गर्ने ।
२. नकारात्मक वातावरणीय प्रभावहरूको न्यूनीकरण/निराकरण तथा सकारात्मक प्रभावहरूको
अभिवृद्धिकरणका उपायहरू पूर्वानुमान गर्ने ।
३. विकास निर्माण सम्बन्धी आयोजनाहरूका क्रियाकलापलाई वातावरण मैत्री बनाउने ।
संगठन संरचनाः
१. वैज्ञानिक अधिकृत, वन सेवा, बोटनी समूह (रा.प.द्धि.प्रा.) – १
२. इन्जिनियर, इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह (रा.प.तृ.प्रा.) – १ (हाल रिक्त)
३. इन्जिनियर, इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह (रा.प.तृ.प्रा.) – १
४. इकोलोजिष्ट, वन सेवा, बोटनी समूह (रा.प.तृ.प्रा.) – १
५. शाखा अधिकृत, प्रशासन सेवा, सा.प्र. समूह (रा.प.तृ.) – १
वर्षिक कार्यक्रम, बजेट र तत्काल संचालनमा रहेका कार्यहरूः
१. वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सम्बन्धी सरोकारवालाहरू सँगको अन्तर्किया र अडिटको
कार्यक्रम—–—बजेट २,००,०००।– (दुई लाख) ।
नीतिगत निर्णयहरूः
१. वातावरणीय प्रभाव मूल्यांकनमा संलग्न परामर्शदाता र प्रस्तावकको तर्फवाट EIA Team Declaration पेश गर्नुपर्ने । (मिति २०६७\६\३ को मा. मन्त्रीस्तरको निर्णय)
हाल सम्म स्वीकृत क्षेत्र निर्धारण र कार्यसूची तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनहरूः
१. स्वीकृत क्षेत्र निर्धारण र कार्यसूची ——१०५ वटा
२. स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ——१५२ वटा (सूचीको लागि यहाँ क्लीक गर्नुहोस्)
क्षेत्र निर्धारण र कार्यसूची तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनहरू स्वीकृतिको लागि मन्त्रालयमा पेश गर्दा आवश्यक पर्ने कागजातहरूः
क. क्षेत्र निर्धारण र कार्यसूचीका लागिः
१. क्षेत्र निर्धारण सम्बन्धी १५ दिने सार्वजनिक सूचना प्रकाशनको प्रमाण ।
२. परामर्शदाता र प्रस्तावकको तर्फवाट EIA Team Declaration
३. जलविद्युत आयोजना भएः
१. अद्यावधिक विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र ।
२. संरक्षित क्षेत्र भित्र पर्ने भए वन तथा भू–संरक्षण मन्त्रालयको उक्त क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गर्न दिने सहमति\अनुमति पत्र ।
४. संयुक्त आवास सम्बन्धी आयोजना भएः
५. शिक्षण संस्था भएः
१. मनशाय पत्र (Letter of Intent)
ख. वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका लागिः
१. क्षेत्र निर्धारण र कार्यसूचीका लागि माथि उल्लिखित कागजातहरू ।
२. प्रस्ताव कार्यान्वयन हुने गा.वि.स. वा नगरपालिकाको सिफारिश पत्र ।
३. सार्वजनिक सुनुवाई सम्पन्न गरेको प्रमाणहरू ।
४. स्वीकृत कार्यसूची ।
Click here for document... ...
Click here for document... ...
Integrating Climate Change Concepts into the Sc...
Click here for document ...
डकुमेन्टको लागि यहां क्लीक गर्नुहोस् ...