देशको सर्वाङ्गिण विकासका लागि विज्ञान तथा प्रविधिको क्षेत्रमा राष्ट्रिय दृष्टिकोण र नीति अख्तियार गर्न र आवश्यक मार्गदर्शन एवं समन्वय प्रदान गर्न राष्ट्रिय विज्ञान तथा प्रविधि परिषदको गठन गरिएको छ । उक्त परिषदको संरचना निम्नानुसारको छः
क. माननीय मन्त्री\राज्यमन्त्री विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय अध्यक्ष
ख. माननीय राज्यमन्त्री\सहायक मन्त्री विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय उपाध्यक्ष
ग. माननीय सदस्य, राष्ट्रिय योजना आयोग सदस्य
सम्बन्धित क्षेत्र हेर्ने
घ. सचिव, अर्थ मन्त्रालय सदस्य
ङ. सचिव, कृषि ... विकास मन्त्रालय सदस्य
च. सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सदस्य (मन्त्रालय छुट्याउन बाकी रहेको) ।
छ. सचिव, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय सदस्य
ज. सचिव, शिक्षा .... मन्त्रालय सदस्य
झ. सचिव, वन तथा भू–संरक्षण मन्त्रालय सदस्य
ञ. सचिव, उर्जा ... मन्त्रालय सदस्य
ट. सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सदस्य
ठ. ...
ड. सचिव, सूचना तथा संचार मन्त्रालय सदस्य
ढ. सचिव, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय सदस्य
ण. सचिव संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय सदस्य
त. ...
थ. उपकुलपति नेपाल ... विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान सदस्य
द. उपकुलपति त्रिभूवन विश्वविद्यालय सदस्य
ध. उपकुलपति अन्य विश्वविद्यालयहरु मध्येबाट १ जना सदस्य
न. सम्बन्धित व्यवसायिक संघ संस्थाहरु मध्येबाट २ जना सदस्य
प. विशिष्ट वैज्ञानिक एवं प्राविधिकहरु मध्येवाट ४ जना सदस्य
फ. अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ सदस्य
ब. सहसचिव, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय सदस्य सचिव
राष्ट्रिय विज्ञान तथा प्रविधि परिषदले मुलुकको विकासमा टेवा पुर्याउनका लागि विज्ञान तथा प्रविधि क्षेत्रको विकास र विस्तारसंग सम्बन्धित नीतिको पुनरावलोकन तथा परिमार्जन गर्ने, विज्ञान तथा प्रविधि क्षेत्रमा भए गरेका कार्यको प्रगति समीक्षा गर्ने एवं आवश्यकतानुसार समस्या समाधानका उपाय पहिल्याउने र परिषदले आवश्यक देखेका अन्य कार्यहरु समेत गर्ने गर्दछ ।
परिषदद्वारा निर्दिष्ट मुलभूत नीति अनुरुप आ–आफ्नो क्षेत्रको विज्ञान तथा प्रविधि सम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा गरी समन्वयात्मक ढंगले कार्यान्वयन गर्ने जिम्मेवारी विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय र सम्बन्धित निकायहरुको रहेको छ । यस नीतिलाई कार्यान्वयन गर्न र नीतिको उद्देश्य प्राप्तिको लागि विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले सहजकर्ता, प्रवर्धक र निर्णायकको भूमिका निर्वाह गर्दछ ।
राष्ट्रिय विज्ञान तथा प्रविधि परिषदले परिषदको कार्य सञ्चालनका लागि आवश्यकतानुसार विशेषज्ञहरु समेत रहेको प्राविधिक समितिहरु गठन गर्ने र उक्त प्राविधिक समितिको संयोजक सम्बन्धित विषयको विशेषज्ञ रहने व्यवस्था "विज्ञान तथा प्रविधि नीति २०६१" मा रहेको छ ।
राष्ट्रिय विज्ञान तथा प्रविधि परिषदले परिषदले विज्ञान तथा प्रविधि क्षेत्रमा मुलुकभित्र सञचालित अनुसन्धान तथा विकास, जनशक्ति विकास, विदेशी निकायहरुसंग सम्पर्क गर्ने जस्ता काममा आवश्यकतानुसार समन्वय तथा अनुगमन गर्दछ ।
परिषद्को वैठक वर्षको कम्तीमा दुई पटक बस्ने व्यवस्था "विज्ञान तथा प्रविधि नीति २०६१" मा रहेको छ।
Click here for document... ...
Click here for document... ...
Integrating Climate Change Concepts into the Sc...
Click here for document ...
डकुमेन्टको लागि यहां क्लीक गर्नुहोस् ...