राष्ट्रिय सूचना प्रविधि परिषद्
सूचना प्रविधि सम्बन्धी देहायका बिषयहरुमा नेपाल सरकारलाई नीतिगत मार्ग दर्शन र राय सल्लाह दिन तथा यस क्षेत्रका विभिन्न निकायहरुबीच समन्वय समेत गर्नको लागि देहायबमोजिम राष्ट्रिय सूचना प्रविधि परिषद् गठन गरिएको छ :-
|
(क) |
प्रधानमन्त्री |
अध्यक्ष |
|
(ख) |
विज्ञान तथा प्रविधि मन्त्री / राज्यमन्त्री |
सह अध्यक्ष |
|
(ग) |
माननीय सदस्य, राष्ट्रिय योजना आयोग (सूचना प्रविधि क्षेत्र हेर्ने) |
सदस्य |
|
(घ) |
सचिव, अर्थ मन्त्रालय |
सदस्य |
|
(ङ) |
सचिव, सूचना तथा सञ्चार मन्त्रालय |
सदस्य |
|
(च) |
सचिव, शिक्षा मन्त्रालय |
सदस्य |
|
(छ) |
अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण |
सदस्य |
|
(ज) |
नियन्त्रक, प्रमाणिकरण नियन्त्रकको कार्यालय |
सदस्य |
|
(झ) |
सूचना प्रविधिसँग सम्बन्धित पेशागत संघ संस्थाका अध्यक्षहरु मध्येबाट नेपाल सरकारले तोकेको दुई जना |
सदस्य |
|
(ञ) |
सूचना प्रविधि सम्बन्धी अध्ययन/अध्यापन गराउने विश्वविद्यालयका केन्द्रीय क्याम्पसका सम्बन्धित विभागीय प्रमुखहरूमध्येबाट नेपाल सरकारले तोकेको तीन जना |
सदस्य |
|
(ट) |
सूचना प्रविधि क्षेत्रका विशेषज्ञहरु मध्येबाट नेपाल सरकारले तोकेको तीन जना |
सदस्य |
|
(ठ) |
उद्योग वाणिज्य सम्बन्धी राष्ट्रिय स्तरको संघ / संस्थाहरुको प्रतिनिधि दुई जना |
सदस्य |
|
(ड) |
सूचना प्रविधि क्षेत्रमा काम गर्ने उद्यमी /व्यवसायी मध्येबाट नेपाल सरकारले तोकेको दुई जना |
सदस्य |
|
(ढ) |
सचिव, विज्ञान तथा प्रविधि मन्त्रालय |
सदस्य-सचिव |
परिषद्को कार्यक्षेत्र:
यस परिषद्को कार्यक्षेत्र देहाय बमोजिमको हुने छ :-
(क) सूचना प्रविधि क्षेत्रको कानूनी ब्यबस्था सम्बन्धी ।
(ख) सूचना प्रविधि क्षेत्रको नीति तर्जुमा र परिमार्जन सम्बन्धी ।
(ग) सूचना प्रविधि क्षेत्रको नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा अन्तरनिकाय, निजी क्षेत्र र दातृ निकायहरुको विचमा समन्वय सम्बन्धी ।
(घ) सूचना प्रविधि क्षेत्रको नीति तथा कार्यक्रमहरुको कार्यान्वयनको अनुगमन तथा मुल्याङ्कन सम्बन्धी ।
(ङ) सूचना प्रविधि क्षेत्रको अध्ययन, अनुसन्धान तथा विकास सम्बन्धी ।
(च) सूचना प्रविधिको स्थानीयकरण र स्तरीकरण सम्बन्धी ।
सचिवालयको व्यवस्था: यस परिषदको सचिवालयको काम विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले गर्दछ ।
Click here for document... ...
Click here for document... ...
Integrating Climate Change Concepts into the Sc...
Click here for document ...
डकुमेन्टको लागि यहां क्लीक गर्नुहोस् ...